माधव नेपाललाई एमालेमा स्वीकार्ने कुनै ठाउँ नै बाकि रहेन :ओली
  • SNN Nepal

  • काठमाडौँ । हिजोमात्र प्रधानमन्त्री पदबाट बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट बालकोट पुगेर सर्वोच्च अदालतप्रति रोष प्रकट गरेका छन् ।

    उनले नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको चेतावनी पनि दिए ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आज निजी निवास बालकोट पुगेका ओलीले माधव नेपालले पार्टीभित्र आत्मालोचना गर्ने कुनै ठाउँ नै नराखेको बताए ।

    निजी निवासमा ओलीलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई एमालेमा स्वीकार्ने कुनै ठाउँ नै बाकि  नरहेको बताए ।

    उनले भने, ‘हाम्रो साथीहरू विकाउ माल बने, बिरोधीलाई अदालतबाट सत्ता बुझाए, ती विकाउ माललाई अवस्था भविश्यले निर्धारण गर्ला । अरु साथीहरूको हकमा पार्टीमा काम सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन ।’

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images