महामारी परास्त गर्न सबैको सहयोग आवश्यक छ : बालकृष्ण खाँण
  • SNN Nepal

  • काठमाडौँ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले कोरोना महामारीलाई परास्त गर्न सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताएका छन् ।

    गृहमन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै खाँणले उक्त कुरा बताएका हुन् ।

    ‘कोरोनाको महामारीबाट बच्नका लागि सबैले गम्भीरतापूवर्क आफ्नो दायित्व र भूमिका निर्वाह गर्न जरुरी छ,’ खाँणले भने, ‘कोभिड १९ को महामारीका क्रममा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी अग्रभागमा रहेर ठूलो भूमिका निर्वाह भइरहेको छ ।’

    कोभिड १९ प्रतिकार्यमा खटिने जुनसुकै नागरिकको जीवनरक्षा गर्नु सरकारको दायित्व रहेको बताउँदै खाँणले भने, ‘महामारीका लागि समन्वयका साथ समुचित व्यवस्थापन गर्नुपर्छ, आवश्यक ठाउँमा सरकारले बजेट व्यवस्थापन र खर्च तथा उपचार गर्न प्रतिबद्ध छ ।’

    खाँणले संवैधानिक व्यवस्थाअनुरुप कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गरी बनेका कानूनहरूलाई कार्यान्वयन गर्ने भूमिकामा सम्बद्ध निकायले सक्रियताका साथ मिलेर अघि बढ्नुपर्ने बताए ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images