भारतीय राजदूतले प्रधानमन्त्री देउवालाई दिए बधाई
  • SNN Nepal

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिएका छन् ।

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उनले बधाई तथा शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँ पुरानो मैत्रीपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि उनलाई धन्यवाद दिए ।

    कांग्रेस संसदीय दलका नेता देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हालेका थिए ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images