विपक्षीको अवरोधका बीच गण्डकीको बजेट बहुमतले पारित
  • SNN Nepal

  • गण्डकी सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित भएको छ ।

    प्रमुख प्रतिपक्षी दल एमालेको विरोधबीच बुधबारको संसद बैठकले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित गरेको हो ।

    एमालेले १०बुँदे माग राख्दै संसद बैठक चल्न नदिने अडान लिएको थियो । तीन पटक बैठक स्थगित भए पनि सहमति जुट्न सकेको थिएन ।

    चौथो बैठकमा सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक-२०७८ प्रस्तुत गर्न मुख्यमन्त्रीलाई बोलाएपछि एमाले विरोधमा उत्रिएको थियो ।

    एमाले रोष्टमतिर जान लागेपछि मार्सल नै लगाएर सभामुख अघिकारीले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images