विश्वासको मतका विषयमा पछि छलफल हुने
  • SNN Nepal

  • काठमाडौँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा पछि छलफल गर्ने बताएका छन् ।

    प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक नेता नेपालसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल निवास कोटेश्वरमा पुगेका थिए ।

    वरिष्ठ नेता नेपालको निमन्त्रणामा प्रधानमन्त्री देउवा नेपाल निवास कोटेश्वर पुगेको छलफलमा सहभागी कांग्रेस महामन्त्री पुर्णबहादुर खड्काले जानकारी दिए ।

    भेटघाटमा वरिष्ठ नेता नेपालले सरकारलाई राम्रो काम गर्न सुझाव दिएको उनले जानकारी दिए ।

    भेटबारे महामन्त्री खड्काले भने,‘अनौपचारिक रुपमा समसामयिक राजनीतिका बारेमा छलफल भएको हो । विश्वासको मतका विषयमा कुनै छलफल भएन । वरिष्ठ नेता नेपालले पछि छलफल गर्दै जाउँला भन्नुभयो ।’

    प्रधानमन्त्री देउवा नेता नेपालको निवासमा पुग्नुअघि महामन्त्री खड्का पुगेका थिए ।

    महामन्त्री खड्काले विश्वासको मतका विषयमा समेत आगामी दिनमा छलफल हुने जानकारी दिए । उनले भने,‘प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक छलफल भएको हो । आगामी दिनमा पनि छलफल हुन्छ ।’

    संविधानको धारा ७६(५) अनुसार सर्वोच्चको आदेशमार्फत प्रधानमन्त्री नियुक्त हुँदा वरिष्ठ नेता नेपाल समूहका २३ जना सांसदले देउवाका पक्षमा हस्ताक्षर गरेका थिए ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images