कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित
  • SNN Nepal

  • काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको जानकारी दिए । उनका अनुसार अब बैठक शुक्रबार बस्ने छ ।

    यसअघि भदौमा हुने पार्टीको १४ औैं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न भन्दै आज दिउँसो २ बजे बैठक बोलाइएको थियो ।

    शुक्रबार बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images