प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन भट्टराईको प्रस्ताव
  • SNN Nepal

  • काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिष्ठित नागरिक  वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन् ।

    जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो प्रस्ताव सार्वजनिक गरेका हुन् ।

    ‘गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है ! त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि,’ भट्टराईले ट्वीटमा भनेका छन् ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images