एक महिला मृत फेला
  • SNN Nepal

  • झापा । झापाको गौरदाह १ मा एक महिला मृत फेला परेकी छन् ।

    नाम पहिचान नभएकी सन्थाल थरकी ती महिलाको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

    खेती मजदूरी गर्दै आएका दम्पतीमध्ये श्रीमान फरार छन् । घटना स्थलमा इलाका प्रहरी कार्यालय गौरदाहको टोली पुगेको छ ।

    उनीहरु अन्यत्रबाट केही दिनअघि सो स्थानमा मजदूरीका लागि आएको बुझिएको वड़ा अध्यक्ष नगेन्द्र भण्डारीले जनाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images