नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छः देउवा
  • SNN Nepal

  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।

    आफ्नो निजी निवास बूढानीलकण्ठमा नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री देउवालाई राजदूत बेरीले सोही दिन सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।

    राजदूत बेरीले भेटका क्रममा प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा देउवालाई बधाई ज्ञापन गर्दै झन्डै ७५ वर्ष लामो नेपाल-अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरीरहने बाइडेन प्रशासनको प्रतिवद्धता पुनस् जाहेर गरेका थिए ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images