कानून मन्त्री ज्ञानेन्द्र र भारतीय राजदूत बीच भेटवार्ता
  • SNN Nepal

  • काठमाडौँ । कानून,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागी भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित मन्त्रमालयमा बिहीबार भएको भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

    क्वात्राले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक रहेको स्मरण गर्दै आगामी दिनमा समेत दुई देशबीच सहयोग, सहकार्य र सद्‍भावना थप गाढा हुने विश्वास व्यक्त गरे ।

    मन्त्री कार्कीले नेपाल र भारतबीचको मित्रता ऐतिहासिक रहेको तथा दुई देशबीचको मित्रता सदैव सौहार्दपूर्ण रहने विश्वास व्यक्त गरे ।

    साथै नेपालमा कोभिड–१९ को नियन्त्रणको लागि भारत सरकारले देखाएको चासो र सहयोगको लागी धन्यबाद व्यक्त गरे ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images