झापामा दुई जनाको मृत्यु
  • SNN Nepal

  • झापा। पानी सर्किएर र करेन्ट लागेर झापामा बिहीबार एकै दिन दुई जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको हो भने मेचीनगर नगरपालिका–३ सिर्जना बस्तीका ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको हो ।

    घरमा गिलासबाट पानी पिउने क्रममा पानी सर्किएर बेहोस भएका अर्पणको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै स्थानीय गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा सरोजको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

     

     

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images