कर्णाली करिडोरको काम सम्पन , सेनाले गर्‍यो हस्तान्तरण
  • SNN Nepal

  • काठमाडौं । नेपाली सेनाले कर्णाली करिडोरको निर्माण सम्पन गरी उत्तर–दक्षिण हिल्सा सिमीकोट सडक आयोजनालाई हस्तान्तरण गरेको छ ।

    ५ चैत २०७१ देखि काम सुरु गरेको नेपाली सेनाले करिडोरको ट्र्याक खोलेर आयोजनालाई हस्तान्तरण गरेको हो । सेनाले १२२.७५ किलोमिटर लम्बाइ तथा छ मिटर चौडाई ट्र्याक खोली हस्तान्तरण गरेको हो ।

    यो सडक भारतको रुपडिया नाकाबाट सुरु भइ तीब्बतको सीमानासम्म पुगेको छ । सडक कर्णालीको विकासका लागि मेरुदण्ड हुने हुम्लाको ताञ्जाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए । सडको लम्बाइ १२२.७५ किलोमिटर छ । त्यसमध्ये ४० किलोमिटर कालिकोट खण्ड, ४४ किललोमिटर बाजुरा खण्ड र ३८.७५ किलोमिटर हुम्ला खण्ड रहेको छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images