सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया
  • SNN Nepal

  • Nepal's Sabitra Bhandari celebrates after scoring a goal against the Maldives during their fourth Women's SAFF Championship match at the Kanchenjunga Stadium in Siliguri, India on Wednesday, December 28, 2016. Photo courtesy: ANFA

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया गरिएको छ । कतारको दोहास्थित अप्सेटर अस्पतालमा बिहीबार उनको घुँडाको शल्यक्रिया गरिएको हो । भण्डारीको उपचारमा कतार फुटबल सङ्घले सहयोग गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

    गत वर्ष महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा उनलाई चोट लागेको थियो । १० दिनको क्वारेन्टिनपछि उनी यसैसाता उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् ।

    भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध छिन् । सो लिगमा उनले १० खेलमा ४३ गोल गरेकी थिइन् । यसअघि एन्फाको पहलमा राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी विक्रम लामा र विमल घर्तीमगरको पनि कतारमै उपचार गरिएको थियो ।रासस

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images