चीनले नेपाललाई थप १६ लाख डोज खोप उपलब्ध गराउने
  • SNN Nepal

  • काठमाडौँ । चीन सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ ।

    आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले चीन सरकारले अनुदानमा थप १६ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएकी हुन् ।

    सर्वोच्च अदालतको आदेशमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएको चार दिनपछि चीनले राजदूत यान्छीमार्फत बधाई दिँदै अनुदानमा थप खोप दिन लागेको जानकारी गराएको हो ।

    चीनले यसअघि पनि ८ लाख र १० लाख गरी १८ लाख मात्रा खोप अनुदान दिइसकेको छ ।

    सरकारले चीनसँग ४० लाख मात्रा खोप खरिद गरेको छ ।

    हेर्नुहोस् परराष्ट्र मन्त्रलायले जारी गरेको विज्ञप्ति

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images