७७ किलो गाँजासहित एकजना पक्राउ
  • SNN Nepal

  • जनकपुरधाम। सर्लाहीमा ७७ किलो लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय, मलगंवाका अनुसार हरिवन नगरपालिका वडा नम्बर २ स्थित अत्रौली खोला नजिकबाट स्थानीय अशोक कुमार लामालाई गाँजासहित पक्राउ गरिएको छ ।

    बा.५२ १९३२ नम्बरको मोटरसाइकलमा सबार लामालाई गाँजासहित नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

    लामासँगै अन्य तीन जना पनि काँधमा प्लाष्टिकको बोरामा गाँजा ल्याइरहेको र प्रहरीलाई देखेपछि उनीहरु गाँजाको बोरा फ्याँकेर फरार भएको प्रहरीले जनाएको छ । लामालाई नियन्त्रणमा लिई अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images