कपिलवस्तुबाट ब्राउनसुगरसहित तीन जना पक्राउ
  • SNN Nepal

  • कपिलवस्तु । ब्राउनसुगरसहित प्रहरीले कपिलवस्तु नगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।

    कपिलबस्तु नगरपालिका– २ बर्दहवास्थित सडकमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १ नयाँटोल बस्ने वर्ष २७ का राकेश गुप्ता, उनकी श्रीमती प्रभावती गुप्ता र उनका भाई २२ वर्षीय बैजुकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीका अनुसार युपी ५५ बी ९४३५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने २९ ग्राम ७९० मिलिग्राम ब्राउनसुगर, नाइट्रोभेट १० ट्याबलेट, उइन स्पास्मो १ सय २४ क्याप्सुलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

    अहिले घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images