कांग्रेसले भोलि दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलायो
  • SNN Nepal

  • काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे बस्ने गरी कांग्रेसले दलको बैठक बोलाएको हो ।

    पार्टी सभापति शेरबहादु देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

    कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी माओवादी केन्द्रले पनि भोलिका लागि संसदीय दलको बैठक बोलाएको छ । देउवा प्रधानमन्त्री बनेको एक हप्ता पुग्न लागे पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

    कांग्रेसमा मन्त्री बन्नका लागि संस्थापन र पौडेल पक्षमा आकांक्षीको ताँती छ । दलको बैठकमा यसबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन् ।

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images