प्रचण्ड र नेपालबीच कोटेश्वरमा भेटवार्ता
  • SNN Nepal

  • काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

    शनिबार नेपाल निवास कोटेश्वर पुगेर प्रचण्डले नेता नेपाललाई भेटेका हुन् । नेकपा एमालेका दोस्रो तहका नेताहरु १० बुँदे सम्झौता कार्यान्वयनमा जुटेका बेला प्रचण्डले नेपाललाई भेटेका हुन् ।

    पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि शुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न प्रचण्ड नेपाल निवास पुगेको बताइएको छ ।

    गठबन्धनका दुई घटक जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नभएकाले मन्त्रिपरिषद विस्तार समेत हुन सकेको छैन । विश्वासको मत दिए पनि सरकारमा सहभागिताबारे माधव नेपाल पक्ष अनिर्णित रहेको छ ।

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images