इराकको बगदादमा बम विस्फोट ,कम्तीमा २५ जनाको मृत्यु
  • SNN Nepal

  • काठमाडौँ । इराकको बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अन्य कयौँ घाइते भएको सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा मंगलबार विस्फोट भएको हो । यो विस्फोटलाई पछिल्लो छ महिनायताकै सबैभन्दा घातक ठानिएको छ । विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ ।

    इराक सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेयता त्यहाँ विस्फोटका घटना बढेका छन् ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images