एमाले केन्द्रीय कमिटी बैठक आज पनि, प्रष्टीकरण सोधिएकालाई थप कारबाहीको तयारी
  • SNN Nepal

  • काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

    च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा अपराह्न ३ बजे बस्ने बैठकले सोमबार प्रष्टीकरण सोधिएका २२ सांसदलाई थप कारबाही गर्ने तयारी भएको छ ।

    सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधे पनि उनीहरुले यसको जवाफ दिएका छैनन् ।

    सांसद विरोध खतिवडाका अनुसार स्पष्टीकरणको जानकारी मिडियामा मात्रै आएको तर सम्बन्धित व्यक्तिलाई अहिलेसम्म केही पत्र नआएको दाबी गरेका छन् ।

    सोमबारदेखि जारी एमाले बैठकमा पार्टी विवाद समाधानका उपाय, संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल जारी रहेको रहेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    यसअघि सोमबारको बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव पनि अनुमोदन गरेको थियो ।

    २०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि २०७५ जेठ २ का साविकका कमिटी व्यूँताएर पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल-खनाल पक्ष संघर्षरत छ ।

    तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपाल-खनाल पक्षसँग संस्थापन पक्ष सकारात्मक छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालबिनाको एमाले एकताको वकालत गर्न थालेका छन् ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images