पछिल्लो २४ घण्टामा ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि
  • SNN Nepal

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    यो संख्या हिजोको भन्दा बढी हो । सोमबार २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थयो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८३६ जनाको पीसीआर परीक्षणबाट २ हजार २०२ र ४ हजार २९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०६ जना गरी जम्मा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५९५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images