भारतका अलगअलग क्षेत्रमा शक्तिशाली भुकम्पको झट्का
  • SNN Nepal

  • काठमाडौँ । भारतका अलगअलग क्षेत्रमा बुधबार बिहान शक्तिशाली भुकम्पको झट्का महशुस गरिएको छ ।

    राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको हो । यी मध्ये राजस्थानको बीकानेरमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।

    यसबाहेक मेघालयमा पनि भूकम्पको झट्का महशुस गरिएको छ ।

    भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा आज बिहान ५ बजेर ३९ मिनेटछमा भूकम्पको झट्का महशुस गरिएको जनाएको छ ।

    यसबाहेक लेह लद्दाखमा पनि बिहान करिब सवा ५ बजे भूकम्पको झट्का महशुस गरिएको छ, जसको मापन ३ दशमलव ६ रहेको जनाइएको छ ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images