ब्राउनसुगर र ५ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ
  • SNN Nepal

  • बाँके । लागुऔषध ब्राउनसुगर र ५ लाख रुपैयाँभन्दा बढी नगदसहित प्रहरीले बाँकेको नेपालगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका– १५ का ६१ वर्षीय गुन्नु कवडिया र १८ वर्षका राहुल कवडिया छन् । उनिहरुका साथबाट २ ग्राम १०० मिलिग्राम ब्राउन सुगर र श्रोत नखुलेको ५ लाख १५ हजार ५ सय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ब्राउन सुगरको अवैध कारोबार भइरहेको सूचनाका आधारमा उनिहरुलाई नेपालगञ्ज उपमहानगर–११, ठटेरियन टोलबाट पक्राउ गरिएको हो । अहिले उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images