वरिष्ठ कलाकार उत्तम नेपालीको निधन
  • SNN Nepal

  • काठमाडौं । वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ ।

    मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको कलाकार नविन्द्रराज भण्डारीले बताए ।

    नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । उनी ८५ वर्षका थिए । उनमा केही दिनदेखि मुटुको समस्या थियो ।

    उनको परिवारमा दुई छोरीहरू छन् ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images