भीम रावललाई भेट्न उनको निवास टोखामै पुगे माधव नेपाल
  • SNN Nepal

  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् ।

    बुधबार आफूपक्षीय नेताहरुको स्थायी कमिटी बैठकमा रावल नआएपछि नेता नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन् ।

    ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसदबाट राजीनामा दिएका थिए ।

    पार्टी एकताको दश बुँदे सहमति जुटाएको कार्यदलमा रावल नेता नेपाल तर्फका संयोजक थिए ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images