प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता
  • SNN Nepal

  • काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर बधाइ दिएको भोलिपल्ट मंगलबार राजदूत क्वात्रा प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

    प्रचण्डले बुधबार स्थायी कमिटी सदस्यहरुलाई सुनाए अनुसार भेटमा राजदूत क्वात्राले जो सरकारमा आए पनि राम्रो सम्बन्ध कायम गरेर अघि बढ्ने बताएका थिए । प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई फोन गरेर पनि भनिसकेको भन्दै उनले केही ग्याप भए हटाउनुपर्नेमा जोड दिएका थिए ।

    माओवादी उच्च स्रोतले बताएअनुसार भेटमा राजदूत क्वात्राले खुलेर संवाद गरेका थिएनन् । भारत र माओवादी नेतृत्वबीच अझै चिसोपन रहेको उनले सुनाए ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images