पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु
  • SNN Nepal

  • काठमाडौँ । नेपालमा फेरि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

    योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ६६१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images