टोकियो ओलम्पिक : इजिप्टले स्पेनलाई बराबरीमा रोक्यो
  • SNN Nepal

  • काठमाडौँ । टोकियो ओलम्पिकको पुरुष फूटबल तर्फ उद्घाटन खेलमा स्पेन इजिप्टसँग बराबरीमा रोकिएको छ ।

    समूह सी को पहिलो खेलमा इजिप्टले स्पेनसँग अंक खोसेको हो ।

    ६२ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि स्पेन गोल गर्न भने असफल भएको थियो । स्पेनका करीब एक दर्जन प्रहारले पोष्टको दिशा लिन सकेन ।

    आफ्नो दोस्रो खेलमा स्पेनले अष्ट्रेलियासँग खेल्नेछ भने इजिप्टले अर्जेन्टिनाको सामना गर्नेछ ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images