चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला
  • SNN Nepal

  • Original oil painting, endangered Rhinoceros on a background of blood depicting the hundreds of Rhino’s being killed in Africa each year for their horns.

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बिहीबार भाले गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको निकुन्जको धुधौरा क्षेत्रमा अन्दाजी २५ देखि ३० वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

    सो गैंडाको अर्को भाले गैंडासँग जुधेर मृत्यु भएको निकुञ्जको अनुमान छ । चालु आर्थिक वर्षमा शुरु भएको एक सातामा नै चितवन राष्ट्रिय निकुञ्जमा तीन गैंडा मरेका छन् । गत आइतबार निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको भाले गैंडा नारायणी नदी किनारमा बालुवामा गाडिएको अवस्थामा फेला परेको थियो ।

    यसैगरी कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैंडा मृत अवस्थामा फेला परेको छ । यो गैंडा बाढीले बगाएर मृत अवस्थामा फेला परेको निकुञ्जको दाबी छ । गत आर्थिक वर्षमा निकुञ्जमा ३२ गैंडा मरेका थिए ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images