पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि
  • SNN Nepal

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६२५ जनाको पीसीआर परीक्षणबाट २ हजार ३०९ र ४ हजार २८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ जना गरी जम्मा ३ हजार १४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार १९७ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    यसअघि हिजो २४ घण्टामा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको थियो ।

  • ९ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images