बराबरीमा रोकियो बायर्न
  • SNN Nepal

  • काठमाडौँ । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण फुटबल खेलमा जर्मन क्लब बायर्न म्युनिख र डच क्लब आयाक्सले बराबरी खेलेका छन् ।

    शनिबार राति भएको खेलमा बायर्नले आयाक्ससँग २-२ गोलको बराबरी खेलेको हो ।

    खेलको दशौँ मिनेटमा जाकारिया लाब्याडले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । ४०औँ मिनेटमा एरिक म्याक्सिमले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा फर्काए ।

    ४८औँ मिनेटमा तान्गुए नियान्जोले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए पनि ५०औँ मिनेटमा भिक्टर जेन्सेनले गोल गर्दै आयाक्सलाई २-२ गोलको बराबरीमा ल्याए ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images