खै स्वास्थ्य मापदण्डको पालना ?
  • SNN Nepal

  • काठमाडौँ । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा आजबाट सुरु भएको छ । यद्यपि, कोरोना कायमै छ । परीक्षा रोकेको रोक्यै गरेर पनि भएन । त्यसैले स्वास्थ्य मापदण्डको पालनासहित परीक्षा सञ्चालन गर्न भनियो । तर, परीक्षा केन्द्रमा त्यस्तो देखिएन । भीडभाड व्यापक छ । त्यो व्यवस्थापनमा खासै चासो दिइएको छैन । परीक्षार्थीको ठेलामठेल छ ।

    स्वास्थ्य मन्त्रालयको पछिल्ला विवरण हेर्ने हो भने, संक्रमितको संख्या दिनदिनै बढिरहेको देखिन्छ । जोखिममाझ सञ्चालित परीक्षामा स्वास्थ्य सुरक्षा मापदण्डको कडाइका साथ पालना हुनुपर्नेमा त्यस्तो छैन ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images