कांग्रेस महाधिवेशनको मिति सार्न नहुने पौडेल पक्षका नेताहरुको निष्कर्ष
  • SNN Nepal

  • काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले कुनै पनि हालतमा महाधिवेशनको मिति सार्न नहुने निष्कर्ष निकालेका छन् ।

    महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको वरिष्ठ नेता पौडेल पक्षका नेताहरुको बैठकले क्रियाशील सदस्यता छानविनको काम छिटो भन्दा छिटो सकेर तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

    कोरोना महामारीलाई देखाउँदै सो अवधिलाई शुन्य समय मानेर केही समय महाधिवेशन सार्ने प्रयत्न भइरहेकाले त्यस्तो हुन नसक्ने कांग्रेस नेता अर्जुन नरसिंह केसीले बताए ।

    उनले स्थगित भएको वडा कमिटीको अधिवेशन पनि छिटो हुनुपर्ने बताए ।

    कांग्रेस क्रियाशील सदस्यता विवादले वडा तहको अधिवशेन स्थगित भइसकेको छ । भदौमा हुने महाधिवेशन पनि समयमै हुनेमा शंका उत्पन्न भएको छ ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images