सूर्य थापाले गरे भीम रावलको पहिलोपटक प्रशंसा
  • SNN Nepal

  • काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले उपाध्यक्ष भीम रावलको अभिव्यक्तिलाई समर्थन गर्दै प्रशंसा गरेका छन् ।

    एमालेबीचमै कडा आलोचकका रुपमा परिचित थापाले भीम रावलकै पनि निकै आलोचना गर्दै आएका थिए । तर, रावलको पछिल्लो अभिव्यक्तिलाई भने थापाले प्रशंसा गरेका छन् ।

    आफ्नो पार्टी र पक्षभन्दा बाहेकलाई कडा प्रहार गर्ने थापाले रावलले पार्टी एकताका लागि दिएको मन्तव्यलाई लिएर प्रशंसा गरेका हुन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तर दिँदै आफू नढलेको र एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको उपाध्यक्ष रावलको अभिव्यक्ति थियो ।

    उक्त विचारलाई लिएर नेता थापाले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्, ‘म ढलेको होइन, प्रचण्डको एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ । – भीम रावल । चार वर्षयताकै सबभन्दा सही र यथार्थ भनाइ ।’

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images