नेपालका पौडी खेलाडी एलेक्सले आज प्रतिस्पर्धा गर्दै
  • SNN Nepal

  • काठमाडौँ । जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले प्रतिस्पर्धा गर्दैछन् ।

    शाहले पुरुषको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल नेपाली समय अनुसार अपराह्न ३:४५ बजे हुनेछ ।

    ७ खेलाडी रहेको यस स्पर्धामा उनी छैटौँ लेनमा छन् । एलेक्ससँग प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images