प्रतिनिधिसभाको बैठक आज बस्दै
  • SNN Nepal

  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् ।

    उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।

    संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने र पूर्वसांसद बिएल वाइवाको निधनमा शोक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची समेत छ ।

    जनमोर्चा नेपालबाट २०४८ सालको आम निर्वाचनमा सिराहा क्षेत्र नम्बर ५ बाट विजयी वाइवाको २०७८ जेठ २० गते निधन भएको थियो ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images