राष्ट्रियसभामा तथ्यांक विधेयक सम्बन्धी प्रतिवेदन पेश
  • SNN Nepal

  • /fli6«o;ef a}7s sf7df8f}F, [email protected] ;fpg . /fli6«o;efsf dªunaf/ j}7sdf pkl:yt ;f+;bx? . tl:a/ Mk|bLk/fh jGt,/f;;

    काठमाडौँ । राष्ट्रियसभामा ‘तथ्यांक विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले सभासमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।

    यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी पत्रको ब्यहोरा राष्ट्रियसभा समक्ष पढेर सुनाएका थिए ।

    पूर्वसांसद तामाङको निधनमा शोक प्रस्ताव पारित

    राष्ट्रियसभाले प्रतिनिधिसभाका पूर्वसदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

    राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पूर्वसांसद तामाङको निधनप्रति राख्नुभएको शोक प्रस्ताव सदनले सर्वसम्मतिले पारित गरेको हो ।

    संयुक्त जनमोर्चा नेपालबाट विसं २०४८ मा सिरहाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वसांसद तामाङको ७५ वर्षको उमेरमा गत जेठ २० गते झापास्थित आम्दा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

    राष्ट्रियसभाको अर्को बैठक यही साउन १३ गते बुधबार दिनको १ बजे बस्ने छ ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images