आधारभूत अस्पतालका लागि जग्गा व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
  • SNN Nepal

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्था र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी पठाउन निर्देशन दिएको छ ।

    मन्त्रालयका नीति योजना अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले मंगलबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘‘आधारभूत अस्पताल निर्माणको लागि आवश्‍यक जग्गाको सुनिश्‍चितता र डीपीआर तयार गरी यथाशीघ्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनको लागि आह्वान गरिन्छ ।’

    साथै डीपीआर तयारी गरी पेश गरिएका स्थानीय तहलाई मात्र बजेटको व्‍यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ ।

    यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ३९६ वटा निर्माण प्रक्रिया थाले पनि सम्झौता भइसकेको छैन । यस्तै बाँकी २५९ वटा स्थानीय तहहरुले जग्गाको सुनिश्‍चितता र डीपीआर समेत तयार गरेका छैनन् ।

    हेर्नुस् मन्त्रालयका नीति योजना अनुगमन महाशाखाले जारी गरेको विज्ञप्ति

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images