नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै
  • SNN Nepal

  • काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ ।

    बैठक अपराह्न तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    बैठकमा विधान महाधिवेशन तयारी, सदस्यता नवीकरण र केन्द्रीय विभागहरूको पूर्णताबारे छलफल हुने उनले बताए ।

    माधव नेपाल पक्षधरलाई सहमतिमा ल्याएर मात्रै बैठक बस्न खोजिए पनि सो समूह सहमतिमा नआएपछि बैठक डाकिएको तामाङले जानकारी दिए ।

  • १६ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images