स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई रोटरी क्लब अफ काष्ठमण्डपले गर्‍यो सम्मान
  • SNN Nepal

  • काठमाडौँ । रोटरी क्लब अफ काष्ठमण्डपले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठललाई सम्मान गरेको छ ।

    क्लबका पूर्वअध्यक्ष रहेका श्रेष्ठले शिक्षा, स्वास्थ्य, जलविद्युत उत्पादन, बैंकिङ, कृषिलगायतका क्षेत्रमा ठूलो सफलता हासिल गरेको भन्दै क्लबका अध्यक्ष पूर्वरथी नेपालभुषण चन्दले सम्मान गरेका हुन् ।

    राज्यमन्त्री श्रेष्ठले खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा रहेको भन्दै चाँडै नतिजा दिने गरि काम थालेको बताए ।

    ‘मेरो प्राथमिकता खोपको खरिद पर व्यवस्थापनमा छ । अब चाँडै डेढकरोड खोप खरिद गरेर ल्याउँदैछौँ । आठ लाख खोप तुरुन्तै आउँछ । एक सातापछि फेरि १६ लाख डोज खोप आउँछ,’ श्रेष्ठले भने ।

    सरकारसँग अहिले ७ लाख खोप मौज्जाद बाँकी रहेको र त्यही खोप अहिले धमाधम लगाउने व्यवस्था मिलाएको उनले बताए ।

    श्रेष्ठले निजि क्षेत्र, सेवा प्रदायक संस्था तथा स्वयमसेवी संस्था, विद्यार्थी, शिक्षकलाई परिचालन गरेर खोपको ब्यवस्थापन गर्ने बचन दिए ।

    उनले भने, ‘खोप लगाउन भन्दा पनि खोप लगाउने मानिसहरुको दर्ता गर्ने काम ढिलो हुने रहेछ । अब दर्ता प्रक्रियालाई कसरी सजिलो बनाउने भनेर हामी लागिपरेका छौँ । ठूलो चौर भएको बिद्यालयमा खोप लगाउने व्यवस्था गर्छौँ ।’

    उनले १२ बर्ष भन्दा माथिका सबै नेपालीलाई ५ करोड ५० लाख डोज खोप किन्ने सरकारको योजना रहेको पनि बताए । अहिलेसम्म नेपालमा चीन, भारत र अमेरिकाबाट जम्मा ९७ लाख खोप आइसकेको छ । अब चीन, जापान र भारतबाट थप खोप आउँदैछ ।

    राज्यमन्त्री श्रेष्ठले खोप लगाउने प्राथमिकतामा अब खुद्रा व्यापारी, पर्यटन क्षेत्रका मानिसहरु, शिक्षक, विद्यालयका स्टाफ, सार्वजनिक गाडीका चालक, सहचालकलगायत हुने पनि बताए ।

  • १६ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images