ब्राजिल टोकियो ओलम्पिकको सेमिफाइनलमा
  • SNN Nepal

  • काठमाडौँ । ब्राजिलको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    शनिबार भएको क्वाटरफाइनलमा इजिप्टलाई १-० गोलले हराउँदै ब्राजिल सेमिफाइनलमा पुगेको हो ।

    ब्राजिलको जितमा माथिएस कुन्हाले ३७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले रिचार्लिसनको पासमा गोल गरेका थिए ।

    सेमिफाइनलमा अब ब्राजिल र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । मेक्सिको दक्षिण कोरियालाई ६-३ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images