कोरोनाले मृत्यु भएका शिक्षकका परिवारलाई १० लाख दिन अपिल
  • SNN Nepal

  • काठमाडौँ । कोरोना संक्रमणका कारण मृत्यु भएका शिक्षकका परिवारलाई सान्तवना स्वरुप १० लाख रुपैयाँ दिन नेपाल सरकारलाई स्थायी शिक्षक हकहित मञ्चले अपिल गरेको छ ।

    मञ्चले आइतबार एउटा सूचना जारी गर्दै कोरोना संक्रमित प्रत्येक शिक्षकलाई दिएको एक लाख उपचार खर्च निरन्तर दिन, उपचार खर्च व्यवस्थापन गर्न र मृत्यु पश्चात दश लाख रुपैयाँ अपिल गरेका छन् ।

    दोस्रो चरणको संक्रमणबाट ज्यान गुमाउने शिक्षकहरु मनिषा थापा ९बाँके०, दुर्गा रेग्मी ९बर्दिया०, लोकराज भट्ट ९कञ्चनपुर०, मन्जु के सी ९कञ्चनपुर०, पार्वती न्यौपाने ९बर्दिया०, रुपा चटर्जी ९बाँके०, हरिभक्त रोकय ९जाजरकोट०, धर्मानन्द ओझा (डडेलधुरा), नवराज कालाथोकी, ९दाङ०, घनश्याम चौधरी, (नवलपरासी), बमबहादुर कुवर ९गुल्मी०, काषी सिं कार्की ९कञ्चनपुर० लगायतका कोरोबाट मृत्यु भएका सबैको परिवारलाई सान्तवना रकम प्रदान गर्नुपर्ने मञ्चले जारी गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    संक्रमण तीव्र रुपमा बढिरहेको सन्दर्भमा केही स्थानीय तहले परीक्षा सञ्चालन ताकेता दिने, शिक्षकहरुलाई विद्यालयमा जान बाध्य गराईने काम तुरुन्त बन्द गर्न पनि मञ्चले अफिल गरेको छ ।

    त्यस्तै, मञ्चले सपूर्ण शिक्षकहरुलाई स्वास्थ्य सुरक्षाको उचित मापदण्ड अपनाई अनलाइन कक्षा, परियोजना कार्य वा अन्य विधि अपनाई शिक्षण सिकाइलाई निरन्तरता दिनका साथै लिखितमौखिक परीक्षा बाहेक मूल्याङ्कनका अन्य साधनहरु ९रुजु सुची, अवलोकन, घटनावृत अभिलेख आदिलाई० अपनाउन समेत आग्रह गरेको छ ।

    No description available.

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images