बुद्धले सुरु गर्‍यो पोखरा-नेपालगञ्ज उडान, भाडा ४ हजार ९ सय
  • SNN Nepal

  • काठमाडौँ । बुद्ध एयरले पोखरा-नेपालगञ्ज-पोखरा उडान सुरु गरेको छ । आइतबारदेखि १८ सिट क्षमताको विचक्राफ्ट जहाजमार्फत यो गन्तव्यमा उडान सुरु गरिएको हो ।

    बुद्ध एयरका बजार निर्देशक रूपक जोशीका अनुसार पोखरा–नेपालगञ्ज उडान सातामा तीनवटा आइतबार, बुधबार र शुक्रबार हुनेछ ।

    उनका अनुसार यो उडान पोखराबाट बिहान ९:१० बजे हुनेछ भने नेपालगञ्जबाट बिहान १०:०० बजे हुनेछ । यो गन्तव्यका लागि सुरुवाती भाडादर ४ हजार ९ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ ।

    कम्पनीले दोस्रो निषेधाज्ञा खुकुलो भएसँगै विराटनगर-तुम्लिङटार, पोखरा-भरतपुर, पोखरा-भैरहवालगायत गन्तव्यका लागि पनि नियमित उडान गरिरहेको छ ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images