परीक्षा बिग्रिएको भन्दै सुर्खेतमा युवती गरिन् आत्महत्या
  • SNN Nepal

  • सुर्खेत । सुर्खेतमा एक युवतीले परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकी छन् ।

    बीबीएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै सुर्खेतमा पञ्चपुरी नगरपालिका–८ की २० वर्षीय विमला कँडेलले आत्महत्या हुन् ।

    कँडेल जल तथा मौसम विज्ञान कार्यालयको भवनमा झुण्डिएर आत्महत्या गरेको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

    ‘कँडेलले परीक्षा बिग्रिएपछि आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख छ,’ प्रहरी निरीक्षक शाहीले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

    कँडेल आइतबार दिउँसो २ बजे झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images