पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि
  • SNN Nepal

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६१३ जनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८४६ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images