वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा २ महिला पुर्पक्षका लागि थुनामा
  • SNN Nepal

  • काठमाडौँ । फ्ल्याट भाडामा लिएर वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा जिल्ला अदालत काठमाडौंले दुई जना महिलालाई थुनामा पठाउन आदेश दिएको छ ।

    प्रहरीका अनुसार गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ की प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका–५ की ज्योती पोमुलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको हो ।

    प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी अनुरागकुमार द्विबेदीका अनुसार जिल्ला अदालतको आदेश लगत्तै उनीहरुलाई पुर्पक्षका लागी केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको छ ।

    एसपी द्विवेदीका अनुसार वीरगञ्जबाट काठमाडौँमा आमाको उपचार गराउन आएकी किशोरी आमाको मृत्युपछि थापा मगर र पोमुले फकाएर र धम्क्याएर बेस्याबृत्तिमा लगाएको अनुसन्धानबाट खुलेको छ ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images