मध्यपश्चिम विश्वविद्यालयका परीक्षा पुनः स्थगित
  • SNN Nepal

  • काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयले दोस्रो पटक परीक्षा स्थगित गरेको छ ।

    यस अघि गत साउन ११ गते परीक्षा स्थगित गरेको विश्वविद्यालयले पुन मंगलबार सूचना प्रकाशन गर्दै एक हप्ताका लागि पूर्व निर्धारित परीक्षा कार्यक्रम स्थगित गरेको हो ।

    विभिन्न विद्यार्थी संघ संगठनहरु र मध्यपश्चिम विश्वविद्यालय उच्च स्तरिय समस्या समाधान समितिबीच विगत केही दिन देखि विद्यार्थीहरुका मागहरु प्रति आवश्यक वार्ता तथा छलफल निरन्तर भइरहे पनि समस्या समाधान नभएकाले परीक्षा स्थगगित गर्नुपरेको जनारी सूचनामा उल्लेख गरिएको छ ।

    परीक्षा निर्धारित समयमै सम्पन्न गर्न तत्पर रहदा रहदै पनि असमान्य परिस्थितिका कारण पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरु स्थगित गर्नुपरेको सूचनामा उल्लेख गरिएको छ ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images