कास्कीको निषेधाज्ञा साउन २७ सम्म लम्ब्याइयो
  • SNN Nepal

  • कास्की । कोरोना संक्रमण थप बढ्न थालेपछि कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

    कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले साउन २७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको
    जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले निषेधाज्ञा कायम राख्ने निर्णय गरेको थियो ।

    प्रशासनद्वारा जारी आदेशमा थप गरिएको निषेधाज्ञा अवधिमा यसअघिका प्रावधानलाई कायमै राखिएको जनाइएको छ ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images