पेस्तोलसहित दाङबाट दुई जना भारतीय नागरिक पक्राउ
  • SNN Nepal

  • काठमाडौँ । चाइनिज पेस्तोल र म्याग्जीनसहित प्रहरीले दाङको देउखुरीबाट दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई चाइनिज पेस्तोल, त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोलीसहित पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेका अनुसार हतियार राखेको सूचनाका आधारमा उनीहरूलाई सोमबार साँझ पक्राउ गरिएको हो ।

    उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images