काठमाडौँ उपत्यकामा मात्रै १ हजार २७९ जनामा कोरोना संक्रमण पुष्टि
  • SNN Nepal

  • काठमाडौँ । केही दिन यता काठमाडौँ उपत्यकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या मंगलबार (हिजो)को भन्दा बढी हो । मंगलबार काठमाडौँ उपत्यकामा ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका हुन् । योसहित देशभरी कोरोना संक्रमितको संख्या ४ हजार १०७ थपिएको मन्त्रालयले जनाएको छ ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images